एजेन्सी। बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफबीचको विवाहले राम्रै स्थान पाइरहेको बेला यतिबेला अर्को नयाँ खबर सार्वजनिक भएको छ।
राजस्थानस्थित सवाई माधेपुरमा डिसेम्बर ७ र ९ बीच उनीहरुको विवाह हुन लागेको हो। नयाँ कहाबर अन्तर्गत उनीहरुको विवाहको सुरक्षाको प्रबन्ध गर्न होटल सेक्युरिटीका अलावा अलग्गै सय बाउन्सर राखिने भएको छ ।
आफ्नो विवाहलाई एउटा सपना जस्तो बनाउनका लागि धुमधामका साथ तयारीमा जुटिरहेका यी जोडीहरुले पाहुनालाई जयपुर एयरपोर्टबाट सवाई माधोपुर लैजानका लागि एकैपटक सैयौं ट्याक्सी बुक गराइसकेका छन् ।
उनीहरु निकट स्रोतका अनुसार पाहुनाका लागि रणथंभौर रोडमा रहेको कैयौं पाँचतारे होटल बुक गरिएको छ । उनीहरुको विवाहमा आउने अधिकांश पाहुना मुम्बईका हुनेछन् । पाहुनालाई एयरपोर्टबाट सवाई माधोपुरसम्म बीएमडब्ल्यू, ओडी र रेञ्ज रोभर गाडीहरुमा पुर्याइनेछ ।