Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चाक्सीबारीमा प्रकाशमान र शशांकबीच वार्ता, मिलेर जाने सहमति !


    शनिबार, मंसिर ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको दाबी गरिरहेका महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच भेटवार्ता भएको छ ।

     शनिबार दिउँसो महामन्त्री कोइराला नेता सिंहलाई भेट्न उनको निवास चाक्सबारी पुगेको स्रोतले जानकारी दिएको छ। 

    भेटवार्ताको सुरुवातमै शशांकले प्रकाशमानलाई ‘सरी’ भनेको स्रोतले बताएको छ । आफ्नो यसअघिको अभिव्यक्तिबाट रिसाएको भन्दै शशांकले प्रकाशमानसँग माफी मागेका स्रोतको भनाइ छ।

    गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेटघाटमा शशांकले नेता सिंहलाई काठमाडौंबाहिर धेरैले नचिन्ने टिप्पणी गरेका थिए । नेता सिंहले पनि काठमाडौंबाहिर चिन्दैन भन्नेलाई महाधिवेशनमा देखाउने जवाफ फर्काएका थिए ।

    यस्तै, दुई नेताबीच पार्टीको १४ औं महाधिवेशनमा मिलेर जाने विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार