बुटवल । नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि वडादेखि पालिका, जिल्ला र प्रदेश अधिवेशनहरु भइरहेका छन् । यो महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा उम्मेदवार हुने भएका छन् । तर उनलाई यो महाधिवेशनमा सभापति पदमा बिजयी पाउन निकै मुस्किल पर्ने देखिएको छ । देउवाका निकट र प्रभावशाली नेताका रुपमा चिनिएका गृहमन्त्री बालकृष्ण खाँण आफ्नै जिल्ला रुपन्देहीमा कमजोर सावित भएका छन् । रुपन्देहीको पार्टी निर्वाचनमा गृहमन्त्री खाँण कमजोर देखिएका छन् । खाँणका स्वकीय सचिव बिजेश न्यौपाने नै कांग्रेसको प्रदेश प्रतिनिधिमा पराजित भएका छन् ।
गृहमन्त्री खाँणका स्वकीय सचिव न्यौपाने रुपन्देहीको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (क) बाट लुम्विनी प्रदेश प्रतिनिधीको रुपमा उम्मेदवार बनेका गृहमन्त्रीका स्वकीय सचिव न्यौपाने पराजित भएका हुन् । रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगरका बिभिन्न वडा समेटिएर बनेको उक्त निर्वाचन क्षेत्रलाई गृहमन्त्री खाँणको गृहनगर र बलियो पकडका रुपमा लिइने गरिएको छ । तर उक्त क्षेत्रबाट उनका स्वकीय सचिव न्यौपानेसँगै खाँंण समूहको प्यानल नै पराजित भएको छ । उक्त निर्वाचन क्षेत्रबाट पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट खड्क बहादुर महत नेतृत्वको समूह बिजयी भएको छ ।
सो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका लुम्विनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका वीरेन्द्र कनौडीयाका स्वकीय सचिव सञ्जिव बस्याल समेत पराजित भएका छन् ।
त्यस्तै रुपन्देहीको क्षेत्र नं २ (ख)मा समेत खाँण समूह कमजोर देखिएको छ । निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रबाट समेत पौडेल समूहका परशुराम ढकाल नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ । उक्त निर्वाचन क्षेत्रमा देउवा समूहका रामेश्वर श्रेष्ठ पराजित भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नं १ क बाट नवीनराज आचार्यको समूह र क्षेत्र नं १ ख बाट मदन प्रसाद पोखरेलको प्यानल नै बिजयी भएको छ । उक्त निर्वाचन क्षेत्रमा देउवा समूहले बाजी मारेको छ ।
यसका साथै प्रदेशसभा निर्वाचन क्षेत्र ३ क मा मतगणना स्थलमा आक्रमण भएपछि मतगणना स्थगित भएको छ । ३ ख बाट देउवा समूहका घनश्याम चालिसे नेतृत्वको प्यानलका उम्मेदवारहरु सेट नै निर्वाचित भएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं ४ क मा शिवकुमार यादव र ४ ख मा श्रीराम यादव नेतृत्वको प्यानलै निर्वाचित भएको छ । उनीहरु दुवै महामन्त्री सशांक कोइराला निकट मानिन्छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्य प्रमोद यादवको दरिलो साथ छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं ५ का क र ख का दुवै निर्वाचन क्षेत्रमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह पक्षका उम्मेदवारहरु बिजयी भएका छन् । उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं क बाट रामबहादुर थापा नेतृत्वको प्यानल नै निर्वाचित भएको छ भने ख बाट यस अघि नै शाह निकट समूह निर्विरोध निर्वाचित भएको छ । भरत शाह र गृहमन्त्री खाँण दु्वै केन्द्रमा देउवा समूहमा छन् । तर जिल्लामा शाह र खाँणको अलग अलग समूह प्रतिस्पर्धा गर्दैआएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend