अछाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी चहलपहल तीव्र रूपमा अघि बढेको छ । देशव्यापी रूपमा नेता तथा कार्यकर्ताहरू पार्टी भित्र अन्तर संघर्षको दौडधुपमा लागेका छन् ।
अछाममा कांग्रेसका शीर्ष नेताहरूदेखि सामान्य कार्यकर्ताहरू आफ्नो पक्षमा भोट माग्न थालेका छन् । जिल्लाका दुबै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरू भोट माग्न व्यस्त देखिन थालेका हुन । ३ मंसिरमा प्रदेशसभाको चुनावका लागि प्रदेशका उम्मेद्वारहरू भोट माग्न व्यस्त छन् । दुईवटा निर्वाचन क्षेत्र गरी चारवटा प्रदेशसभा क्षेत्र रहेको अछाम जिल्लामा ११ जना उम्मेद्वार छन् ।
निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी दौडमा
अछामको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) का लागि दुईजना चुवावी दौडमा छन् । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका मिलेर बनेको प्रदेश सभा (क) का लागि महेश खड्का र गोकुल भाट चुवानी दौडमा होमिएका छन् ।
नेपाली कांग्रेस साँफेबगर नगर कार्यसमिति सभापति रहेका भाट र चौरपाटी गाउँपालिकाबाट क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमिति सदस्य रहेका खड्काका बीच प्रतिस्पर्धा हुने भएको हो ।
क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) का लागि पाँच जना चुनावी दौडमा छन् । रामारोशन गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका मिलेर बनेको प्रदेश सभा (ख) का लागि युवा नेता डम्बर स्वाँर, चन्द्र प्रकाश देवकोटा, पदम शाह, पदम खड्का र कमल खनाल चुवानी दौडमा होमिएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावी दौडमा
निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) को सभापति पदका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । विनायक पञ्चदेवल नगरपालिका, कमलबजार नगरपालिकाको केही भाग र तुर्माखाँद गाउँपालिका मिलेर बनेको प्रदेश सभा (क) को सभापति पदका लागि युवा नेता ताराप्रसाद खनाल र कर्णबहादुर बुढा चुवानी दौडमा होमिएका छन् ।
यस्तै प्रदेश सभा (ख) का लागि पनि दुई जना चुनावी दौडमा छन् । मंगलसेन नगरपालिका, कमलबजार नगरपालिकाको केही भाग र ढकारी गाउँपालिका मिलेर बनेको प्रदेश सभा (ख) मा युवा नेता रवीन्द्रबहादुर शाही र पूर्ण रावलबीच प्रतिस्पर्धा हुने भएको छ ।
९१ वडा रहेको अछाममा क्षेत्र नम्बर १ का ४२ वडाबाट र क्षेत्र नम्बर २ का ४९ वडाबाट चुनिएका एक हजार ५६७ क्षेत्रीय प्रनितिधि मतदाताका रूपमा रहेका कांग्रेस जिल्ला सचिव नमबहादुर शाहीले बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend