धनगढी । कैलाली क्षेत्रनम्बर-२ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपीशर्मा ओली पक्षको विवाद सतहमा आएको छ ।
मंगलबार कैलाली क्षेत्र नम्बर-२ मा एमालेले महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । तर, भीम रावल पक्षले भने मंगलबार भएको छनौटलाई नमान्ने भन्दै बुधबार छुट्टै महाधिवेशन प्रतिनिधि छनौट गरेको छ ।
भीम रावल निकटका झपट रावलको निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर २ मा रावल निकटहरूले समानान्तर महाधिवेशन प्रतिनिधि छनौट गरेका हुन् । उनीहरूले यज्ञराज ढुंगाना, मनोज खड्का, सूर्य बहादुर थापा, वीरेन्द्र रावल, भीम कुँवर, रूप रावल, गंगा थापा, वसुन्धरा भण्डारी र ममता रावललाई महाधिवेशन प्रतिनिधि तोकेका छन् ।
कैलाली क्षेत्र नम्बर–२ बाटै मंगलबार एमालेको ओली समूहले रतन थापा, डेजि पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमला ओली, टिका थापा, पदम साउँद, गजेन्द्र स्वाँर धरमबहादुर थापा मगरलाई पनि महाधिवेशन प्रतिनिधि छनौट गरेको थियो ।
रावल निकट एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा महाधिवेशनका प्रत्याशी महादेव बजगाईंले बुधबार बोलाएको भेलाले सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको बताएका छन् । मंसिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको १०औं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नम्बर २ बाट ६ पुरुष र तीन महिला गरी जम्मा नौ जना प्रतिनिधि छनोट गरिएको बजगाईंले बताए ।
उनले मंगलबार एमाले पार्टीले नभई रतन थापाले कम्पनी चलाएझैँ चलाएको भन्दै मंगलबारको भेला आधिकारिक नभएको दाबीसमेत गरेका छन् । ‘पार्टीको पद्धति अनुसार नभई मंगलबार एकलौटी ढंगले होटेलको कोठामा बसेर आफ्नालाई टिका लगाउँदै महाधिवेशन प्रतिनिधि छानिएको नाटक गरिएको थियो,’ उनले भने,‘हामीलाई त्यो मान्य हुँदैन । पार्टीका सबै संगठित सदस्यको बैठक बसाएर हामीले बुधबार महाधिवेशन प्रतिनिधि छानेका छौं ।’ उनले बुधबारको बैठकमा क्षेत्रनम्बर दुईका बहुमत संगठित सदस्यको सहभागिता रहेको दाबी गरे ।
मंगलबार भएको प्रतिनिधि छनौट पार्टीको नभई गुटको आयोजनामा भएको उनी बताउँछन् । ‘मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महाधिवेशन प्रतिनिधि हो भन्दै हल्ला चलाएछन्,’ बजगाईंले भने,‘त्यो भ्रम छर्ने काम मात्रै हो, क्षेत्र नम्बर दुईमा पार्टीको भेला भएको छैन, बुधबार मात्रै हामीले महाधिवेशन प्रतिनिधि छनौट गर्दै छौं ।’
महाधिवेशनका लागि प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै अर्को पक्षले भेला बोलाएपछि एमाले कैलालीका अध्यक्षसमेत रहेका क्षेत्रनम्बर–२ का महाधिवेशन प्रतिनिधि रतन थापाले कारबाहीको चेतावनी दिएका छन् । पार्टी विरोधी गतिविधिमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएका हुन् ।
एमाले कैलालीका अध्यक्ष थापाले भने मंगलबार गरिएको प्रतिनिधि छनौट पार्टीको आधिकारिक भएको बताए । उनले पार्टीको आधिकारिक भेलाले मंगलबार ९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको बताए । उनले पार्टीका विरुद्ध गतिविधि गरेमा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले भनेका छन्, ‘नेकपा एमाले लम्किमा कुनै किसिमको कार्यक्रम नरहेको हुँदा कहीँ कतै भ्रममा नपरी पार्टीको आधिकारिक आयोजना गरिएका कार्यक्रम बाहेकका अन्य जुनसुकै अनधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका निजी कार्यक्रम हुन् । पार्टी जीवनमा यिनको कुनै औचित्य र स्थान छैन । तिनलाई पार्टीले कार्यक्रमको प्रकृति र उद्देश्य हेरि उचित कारबाहीको विषय बनाउने छ ।’ त्यस्ता कार्यक्रममा सहभागी नहुन उनले पार्टी कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष थापाले एमालेका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनौट भइसकेको बताए । पार्टीको आधिकारिक संगठनले विधिवत् छलफल गरी महाधिवेशन प्रतिनिधि चयन गरिएको उनले बताए । तर, बुधबार कैलालीको लम्कीमा आयोजित गुटको भेलालाई भने मान्यता नदिइने उनले बताए ।
‘गुट रहित एमालेलाई जबरजस्ती गुट छ भन्ने देखाउन केही व्यक्तिले यस्ता क्रियाकलाप गरिरहेका छन्,’ उनले भने, ‘त्यो राम्रो हैन, संस्थागत निर्णय बेगर गरिएका कुनै पनि क्रियाकलाप मान्य हुनेवाला छैनन् ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend