Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्दले कैलालीका चार पालिकामा कांग्रेसकाे अधिवेशन राेकियाे


    मंगलबार, कार्तिक ३० २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताकाे माग राख्दै नेकपा विप्लव समूहले आयाेजना गरेको नेपाल बन्दले कैलालीका चार स्थानीय तहमा कांग्रेस अधिवेसन प्रभावित भएकाे छ ।

    महाधिवेशन प्रचारप्रसार समिति कैलालीका संयोजक नृप सुनारका अनुसार विप्लवले गरेको बन्दका कारण धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाको पालिका अधिवेशन राेकिएकाे हाे । 

    बन्दका कारण मतदाता तथा उम्मेदवार अधिवेशनस्थलसम्म जान नसक्दा स्थगित गरेकाे संयोजक सुनारले बताए । चारवटै पालिकामा भोलि (बुधबार) बिहान ८ बजेदेखि अधिवेशन सुचारू गर्ने निर्णय भएकाे उनले बताए । 

    कैलालीका १३ मध्ये बाँकी नाै पालिकामा भने मंगलबारदेखि नै अधिवेशन सुरू भएको छ । उनका अनुसार कैलाली गोदावरी नगरपालिका, चुरे गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा मंगलबारदेखि पालिका अधिवेशन सुरू भएको छ । 

    क्रियाशील सदस्यता विवादका कारण निर्धारित मितिमा अधिवेशन हुन नसकेको कैलालीमा २५ कात्तिकदेखि वडा अधिवेशन सुरू भएको थियो । ३० कात्तिकमा पालिका अधिवेशन सम्पन्न गर्दै ३ मंसिरमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गर्ने तालिका रहेको छ । कैलालीमा ६ मंसिरमा संघीय निर्वाचन क्षेत्र अधिवेशन गर्ने र १० मंसिरमा जिल्ला अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार