काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गरेका छन् । कोरोना संक्रमण न्यून हुँदै गएकाले सीसीएमसी खारेज गरेर नयाँ संरचना बनाइएको छ ।
सीसीएमसीको सट्टामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा कोभिड– १९ संकट व्यवस्थापन समन्वय कमिटी (सीसीएमसीसी) गठन गरिएको छ । सीसीएमसी गठनसम्बन्धी अध्यादेश निस्क्रिय भएको छ । यो अध्यादेश खारेज गरेर नयाँ संरचना बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । ५ जेठमा ल्याइएको कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार सरकारले सीसीएमसी गठन गरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको सो अध्यादेश निस्क्रिय भएसँगै सिसिएमसीको कानुनी बैधतामा प्रश्न उठेको थियो ।
सीसीएमसीको खारेजीपछि त्यसका प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्मा स्वतः पदमुक्त भएका छन् । नेपाली सेनाका पूर्वरथी शर्मालाई तत्कालीन प्रधानमन्त्री ओलीले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका थिए । सीसीएमसीको खारेजीसँगै गठन भएको सीसीएमसीसीको संयोजक प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेलाई बनाइएको छ । सीसीएमसीमा यसअघि सुरक्षा निकायबाट विशिष्ट श्रेणीका अधिकृत खटिने गरेका थिए । अब प्रथम श्रेणीका अधिकारीलाई खटाइने भएको छ । सीसीएमसीसम्बन्धी प्रतिस्थापन विधेयक संसदमा पेस गरिए पनि एमालेको अवरोधले अलपत्र छ ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend