Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • नेपाल बन्द: सडकमा सवारी साधनहरुको संख्या शून्य, विप्लवका ५ कार्यकर्ता पक्राउ


    मंगलबार, कार्तिक ३० २०७८
    4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । अरु दिनको तुलनामा आज बिहान सवारी साधनहरु ठप्प नै भएको देखिन्छ। 

    बन्दका कारण काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको काठमाडौं प्रहरी प्रमुख  एसएसपी अशोक सिंहले जानकारी दिएका छन् । अहिलेसम्म छ बन्दको क्रममा कुनै अप्रिय घटना नभएको उनको भनाइ छ। 

    प्रहरीका अनुसार अहिलेसम्म महाराजगञ्जबाट तीन र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।

    विप्लव नेतृत्वको नेकपाले कात्तिक २५ गते घोषणा गरिएको आन्दोलनका कार्यक्रमअन्तर्गत आज मंगलबार नेपाल बन्द गरिएको हो। बन्दमा यातायात, सरकारी कार्यालय, शिक्षण संस्था, व्यापार व्यवसाय बन्द गरिएको छ भने केही क्षेत्र खुलै राखिएको छ।

    नेपाल बन्द आयोजक नेकपा स्रोतका अनुसार अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा खुलै रहने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार