Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने देखिएपछि नेकपा समाजवादी जन्मियोः झलनाथ खनाल


    शनिबार, कार्तिक २७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने देखिएपछि नयाँ पार्टी खोल्नु परेको बताएका छन्।

     नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोलेको बताउँदै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गुट मात्रै चलाएका कारण अहिलेको परिस्थिति आएको पनि बताए ।पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले दुईतिहाई बहुमतलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सदुपयोग गर्न नसकेको दाी गरे ।उनले भने–‘हामी फुटेका होइनौं, हामीले एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौं । पार्टी क्रमिक रुपमा विकास भइरहेको छ । अब मात्रात्मकरुपमा भन्दा पनि गुणात्मक रुपमा पनि विकास गर्नुपर्छ ।

    अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपा एसले मात्रै गर्नसक्ने पनी उनले ठोकुवा गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार