Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभरबाट एमालेले आज महाधिवेशन प्रतिनिधि छान्दै


    शनिबार, कार्तिक २७ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरबाट एकैपल्ट महाधिवेशन प्रतिनिधि छान्ने भएको छ । एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन् ।देशभर छरिएका संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्ने छन् ।

    संगठित सदस्यताका आधारमा जिल्लाहरुबाट प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट एक महिला र दुई खुलासहित तीन जना हुने व्यवस्था गरेको छ ।

    त्यसै गरी प्रत्येक आठ सयमा एक जना प्रतिनिधिको संख्या बढ्दै जाने छ । त्यो संख्या २४ सयमा पुग्दा एक महिला र तीन खुला गरी ती जना निर्वाचित हुनेछन् । महाधिवेशनका लागि १,९९९ प्रतिनिधि चयन हुने जनाइएको छ ।

    आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेले दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । नारायण नदीको किनारामा उदघाटन र सौराहामा नेतृत्व छनौटको कार्यक्रम हुनेछ । महाधिवेशनले पाँच वर्षका लागि १५ जना पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने विधानमा व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार