Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ज्यान मार्ने उद्योगअन्तर्गतका फरार अभियुक्त पक्राउ


    शुक्रबार, कार्तिक २६ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । पेस्तोल ताकेर ज्यान मार्ने उद्योग गरी फरार रहेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा बस्ने ३३ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका-४ साँवाका ३३ वर्षीय कमल लिम्बू रहेका छन् । लिम्बूको साथबाट प्रहरीले म्यागेजिनसहितको पेस्तोल एक थान र गोली दुई थान तथा दापसहितको खुकुरी एक थान फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता कैलाशकुमार अधिकारीले बताए । 

    अभियुक्त कमलले मेरिङ्देन गाउँपालिका खोजुङ्वाका २६ वर्षीय विनोद नाल्बो लिम्बूलाई कन्चटमा पेस्तोल ताकेर फरार रहेको अभियोग लागेको छ । 

    प्रहरीले अभियुक्तलाई पक्राउ गरी ज्यान मार्ने उद्योग/हातहतियार खरखजाना शीर्षकमा जाहेरी दरखास्त लिएर मुद्दा दर्ता गरी ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान जारी राखिएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार