Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु


    शुक्रबार, कार्तिक २६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरधाममा हुने धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी थालिएको छ ।

    १७ देखि सप्ताह व्यापी मनाइने विवाहपञ्चमी महोत्सव भव्य बनाउन जानकी मन्दिरले तयारी थालेको हो । विवाहपञ्चमीलाई भव्य बनाउन मन्दिरले  मूल समारोह समितिका साथै विभिन्न उपसमिति गठन गरिने जानकी मन्दिरमा महन्त रामतपेशर दासले बताए । शुक्रबार पत्रकार सम्मेलन गरी मन्दिरले विवाहपञ्चमीको तयारीको विषयमा जानकारी दिएको हो ।  

    विगतका वर्षहरूमा विवाहपञ्चमीमा सहभागी नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरूको सहभागिता हुने गरेको भए पनि मन्दिरले अहिले सम्म त्यसको विषय जानकारी गराएका छैन । महन्त दासले भने,‘अहिले सम्म अतिथिहरूको फिक्स हुन सकेको छैन, फिक्स भएपछि यहाँहरूलाई जानकारी गराउँछौं ।’

    विवाहपञ्चमीको तयारीस्वरूप अहिले मन्दिर परिसरमा पंडाल निर्माण, सौन्दर्यकरण, सरसफाइका काम सुरु गरिसकेको छ । यसैबीच,विवाहपञ्चमीको अवसरमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि केही दिनका लागि माछा–मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने स्थानीय प्रशासनले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार