Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शम्भु थापाको प्रश्न- दलहरु किन बोल्नुहुन्न, तपाईंहरुलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको छ कि स्वच्छ ?


    शुक्रबार, कार्तिक २६ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली जनताले भ्रष्ट प्रधानन्यायाधीश नखोजेको भन्दै स्वच्छ प्रधानन्यायाधीश नभए न्यायको मूल्य मर्ने बताएका छन् ।

    शुक्रबार सर्वोच्च अदालत परिसरमा नेपाल बारको आयोजनामा भएको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल बारका पूर्व अध्यक्ष समेत रहका थापाले प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलहरु मौन बसेकोमा समेत आपत्ति जनाएका छन् ।

    ‘दलहरु बोल्नुहुन्छ कि हुन्न ? तपाईंहरुलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको छ कि स्वच्छ ?’, थापाले दलहरूलाई प्रश्न गरे । 

    उनले राजनीतिक दल र सरकारलाई यस्तो प्रधानन्यायाधीशलाई अब सरकारले सुरक्षा दिएर नराख्ने घोषणा गर्न समेत सुझाव दिए । 

    उनले नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बर्खास्त गरिसकेको भन्दै सेना र प्रहरीको बलमा सर्वोच्च छिरे पनि उनले केही गर्न नसक्ने समेत बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार