Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १८६ किलो गाँजासहित रौतहटबाट दुई जना पक्राउ


    शुक्रबार, कार्तिक २६ २०७८
    435
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटमा लागुऔधष गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाका अनुसार शुक्रबार बिहान पौने १० बजे गौर नगरपालिका वडा नम्बर ४ गढवा टोलबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको 

    पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर १२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र १९ वर्षीय रित्तम तामाङ छन्।

    उनीहरूबाट प्रहरीले १८६ किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरू चढेको ना.६ ख-५९४३ नम्बरको आइचर ट्रक चेक गरेको थियो । 

    त्यसक्रममा ट्रकमा फल्स बटम बनाई प्लाष्टिकले बेरेको १२ वटा पोका फेला परेको थियो। त्यसपछि ट्रक चालक गोलेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार