काठमाडौँ । सर्वोच्च अदालतमा प्रप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रवेश रोक्न मूलगेटमा धर्ना बसेका कानुन व्यवसायीहरूले शंख फुकेर राजीनामा माग गरेका छन् ।
शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको प्रवेश रोक्न मूलगेटमा धर्ना बसेका कानुन व्यवसायीहरूले शंख फुकेर जबराको राजीनामा माग गर्दै शंख फुकेा हुन् ।
प्रधानन्यायाधीश जबरालाई कानुन व्यवसायीले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै सर्वोच्चको मूल गेटमा धर्ना बसेका थिए । तर, उनी चाेरबाटाेबाट सर्वोच्च प्रवेश गरेका थिए ।
प्रधानन्यायाधीश जबराले कार्यपालिकामा भाग खोजेको, सर्वोच्चमा विकृति भित्र्याएको भन्दै न्यायाधीशहरूसहित गत कार्तिक पहिलो सातदेखि नेपाल बार आन्दोलनमा रहेको छ ।