काठमाडौं । नब गायिका सारा पौडेलको आवाजमा ‘एउटै थियो हाम्रो कथा’ बोलको गीत हालै सार्वजनिक भएको छ । खेम सारु मगरको संगीत रहेको यो गीत डिजिटल क्रियसन मिडियाको अफिसियल युट्युव च्यानलमाफृत बजारमा आएको छ ।
‘एउटै थियो हाम्रो कथा बोलको गीतमा सारा पौडेलको शब्द,खेम सारु मगरको संगीत रहेको छ। यस गगीतमा शब्द तथा स्वर गायिका पौडेलकै रहेको छ । अलंगकर डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।
एकान्त मगरको निर्देशन रहेको यो गीतको भिडियोमा सारा पौडेलको अभिनय देख्न सकिन्छ। एम.के.बाबु मगरले छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । यो गीतको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । यस्तो छ एउटै थियो हाम्रो कथा गीतको भिडियो ।