Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम विक हत्या मुद्दाका दुवै आरोपी पूर्पक्षका लागि थुनामा


    शुक्रबार, कार्तिक २६ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय ५८ वर्षका भीमबहादुर विकको मृत्यु सम्बन्धमा चितवन अदालतले शुक्रबार थुनछेक आदेश सुनाएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले दिएको आदेशअनुसार हत्या घटनाका आरोपित दुवै जना पूर्पक्षका लागि थुनामा गएका छन् ।

    आवेश प्रेरित हत्या भनी अभियोग लगाइएकोमा दुवै जना थुनामा गएका हुन् । २८ असोज बिहीबार दुर्गाचोकमा स्थानीय ३७ वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठले कुटपिट गरेको भनी मृतकका छोरा किसान विकले प्रहरीमा जाहेरी दिएका थिए । यही आरोपमा श्रेष्ठ र बस्नेत थुनामा गएका हुन् । 

    भरतपुर–४ स्थित दुर्गाचोकमा रहेको मन्दिरमा दसैंका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको मृतकको परिवारको आरोप छ । आरोपितहरूलाई सोही दिन नै नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको थियो । 

    पोष्टमार्टम रिर्पोटमा उल्लेख भएअनुसार हेड इन्जुरी अर्थात टाउकोमा लागेको चोटका कारण खुलाइएको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए ।

    परिवारले अझै पनि शव बुझेको छैन । भीमबहादुर विकको मृत्युसम्बन्धमा जाँचबुझका लागि मानव अधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक संघसंस्थाको टोली चितवन आएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार