Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • आन्दाेलनकारी कानुन व्यवसायीलाई सर्वाेच्च प्रवेश निधेष


    शुक्रबार, कार्तिक २६ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एसोसियनले धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च अदालतको गेटमै रोक्ने घोषणा गरेको बारले बिहान नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको हो । 

    तर, सुरक्षाकर्मीले आन्दाेलनकारीलाई सर्वाेच्च अदालत प्रवेशमा राेक लगाएकाे छ ।  बारको टोली सर्वाेच्च अदालत जाने कार्यक्रम रहे पनि गेट बन्द गरिएकाे छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले कुनै पनि हालतमा सर्वाेच्चमा धर्ना दिइने बताए । ‘गिरफ्तारी हुनुपरे पनि तयार छौँ, तर आन्दोलन जारी रहन्छ,’ उनले भने ।

    सर्वाेच्च क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएकोमा अहिले सशस्त्र प्रहरी पनि परिचालन भएको छ । सामान्यतया सर्वाेच्च परिसरको सुरक्षाको जिम्मा सर्वोच्च अदालत सुरक्षा गणले लिएको छ । तर, सुरक्षा संवेदनशीलता भन्दै हाल सुरक्षाको व्यवस्थापन नेपाल प्रहरीको काठमाडौं परिसरले गरिरहेको छ । सामान्य अवस्थामा प्रहरी मात्र परिचालन हुने गरेकामा आज सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार