Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • कानुनविपरीत मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन, बोर्डले दियो कारबाहीको चेतावनी


    शुक्रबार, कार्तिक २६ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कानुनतः मदिरा, चुरो, सूर्ति तथा सूर्तिजन्य पदार्थको विज्ञापन गर्न पाइँदैन ।

    जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा भनिएको छ, ‘मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थ लगायत मानवस्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन,’ भनिएको छ । 

    तर, होर्डिङ बोर्ड मात्र होइन, कतिपय नेपाली सञ्चारमाध्यमले पनि मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन सम्प्रेषण गरिरहेका छन् ।

    विज्ञापन बोर्डले मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन नगर्न तथा होर्डिङबोर्ड हटाउन चेतावनी दिएको छ ।

    बोर्डका प्रशासकीय अधिकृत दिलीपकुमार महर्जनद्वारा जारी सूचनामा भनिएको छ, ‘अन्यथा कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार