फुयाँलसँगै नेकपा मालेका केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पोखरेललाई केन्द्रीय सदस्य, राईलाई केन्द्रीय परिषद् सदस्य एवं प्रदेश कमिटी सचिवालय सदस्य र यादवलाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले बताए ।
नेकपा मालेको मूल नेतृत्वमा आएको वैचारिक, कार्यनीतिक अस्थिरता, २०६२/०६३ को आन्दोलनको उपलब्धिलाई टेकेर अगाडि बढ्नुपर्ने वर्तमान अवस्थामा नेतृत्वमा अन्यौलता देखिएका कारण पार्टीबाट अलग हुनुपरेको विज्ञाप्तीमा उल्लेख छ ।
नेकपा मालेको तीन जिल्ला कमिटी नेकपा समाजवादीमा समाहित
यसैबीच, नेकपा मालेको खोटाङ, तनहुँ र स्याङ्जा जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । नेकपा एकीकृत समाजवादीले वर्तमानमा कम्युनिस्ट आन्दोलनलाई सही रूपमा अगाडि बढाउन सक्ने भन्दै नेकपा मालेको तीन जिल्ला कमिटी समाहित गरिएको हो ।
पार्टी एकीकरणका लागि २३ कात्तिकमा जिल्लामा वार्ता टुंग्याएपछि पूर्वसांसद फुयाँलसहित चार नेताको राजीनामासँगै जिल्ला कमिटी एकीकरणको घोषणा गरिएको हो ।
जिल्लामा मालेको २५ सदस्यीय जिल्ला कमिटी र समाजवादीको जिल्ला कमिटीको औपचारिक एकीकरण घोषणा केही समयपछि हुने जिल्ला इन्चार्ज चाम्लिङले बताए । जिल्लामा मालेका एक जनालाई पदाधिकारी दिने सहमती भएको जनाइएको छ ।