Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वर्गीय नवराज शंकरको ‘दलित आन्दोलन र अनुभूतिहरू’ लोकार्पण


    बिहिबार, कार्तिक २५ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • इलाम।दलित अधिकारकर्मी स्वर्गीय नवराज शंकरद्वारा लिखित ‘दलित आन्दोलन र अनुभूतिहरू’ बिहीबार लोकार्पण गरिएको छ । कोभिडबाट ज्यान गुमाएका लेखक शंकरको उक्त पुस्तक उनको मरणोपरान्त लोकार्पण गरिएको हो ।

    इलाम नगरपालिका दलित समन्वय समितिले प्रकाशन गरेको कृतिको एमाले नेता सुवासचन्द्र नेम्वाङले लोकार्पण गरेका हुन् । पुस्तकको लोकार्पण गर्दै नेम्वाङले विभेद र छुवाछुत अन्त्यको लागि संविधानमानै व्यवस्था भइसकेकाले त्यसलाई कानुन बनाएर व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    ‘विभेद र छुवाछुत हाम्रो समाजको कालो धब्बा हो’, नेम्वाङले भने, ‘संविधानले गरेको छुवाछुत विभेदमुक्त कल्पनालाई व्यवहारमा उतार्नु पर्छ ।’ विभिन्न कमीकमजोरीका बाबजुद नेपाली समाज अहिलेको अवस्थामा आइपुगेको सम्झना गर्दै नेम्वाङले  छुवाछुतलाई दण्डनीय व्यवस्था र विभेद भएमा क्षतिपूर्ति माग गर्न पाइने अधिकार संविधानमा राखिएको बताए । 

    स्वर्गीय नवराज शंकरले लेखेको कृतिको साहित्यकार मुनाराज शर्माले समीक्षा गरेका थिए । उनले यो पुस्तक दलित आन्दोलन र अधिकार स्थापनाकोका लागि प्रेरणाको श्रोत भएको बताएका छन् । कार्यक्रमबीच ‘नवराज शंकर प्रतिष्ठान’ को समेत शुभारम्भ गरिएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार