Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • बर्दिबासको दुर्गा मन्दिरबाट भैरवको मूर्ति चोरी


    बिहिबार, कार्तिक २५ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी।महोत्तरीको बर्दिबासस्थित नवनिर्मित दुर्गा मन्दिरबाट आज भैरवको मूर्ति चोरी भएको छ । मन्दिरको झ्याल तोडफोड गरी उक्त मूर्ति चोरी भएको स्थानीयले बताएका छन् ।

    `बिहानको समयमा मन्दिर जाँदा झ्याल तोडिएको थियो र भित्र हेर्दा भैरवको मूर्ति नै थिएन’, स्थानीय विजय पोखरेलले भने । मूर्तिलाई दसैंको सप्तमीको दिन औपचारिक रूपमा स्थापना गरिएको थियो ।

    यता स्थानीयले मूर्ति खोजिदिन इलाका प्रहरी कार्यालय बर्दिबासमा मौखिक उजुरी दिएका छन् । मौखिक उजुरीपछि प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार