Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फर्निचर उद्योगमा आगलागी


    बिहिबार, कार्तिक २५ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देहीको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १३ पत्थरडाँडामा रहेको फर्निचर उद्योगमा केहीबेर अघिबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    आगलागीबाट भएको क्षतिको विवरण भने अझै आइसकेको छैन । आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको दमकल बोलाइएको र घटनास्थलमा पुग्ने क्रममा रहेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार