काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा दर्शन गरेको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) बाहिर विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउर प्रदर्शन गरेका हुन् ।
उनीहरु नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं लगायतका नारा लेखेको प्लेकार्ड बाेकेर प्रदर्शनमा निस्किएका हुन् ।
नेपाल आयल निगमले बुधबार राति खाना पकाउने ग्यासमा ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा ३/३ रुपैयाँ मूल्य बढाएको थियो ।