काठमाडौं । नेपाल प्रहरीले ९५ डीएसपीको सरुवा गरेको ४ घन्टामै फेरि ४ डीएसपीको काज निकालेको छ । चार जनाको सरुवामा नाम राखेर सार्वजनिक नगरी ४ घन्टामै पुनः काज निकालेर गाईजात्रा प्रदर्शन गरिएको छ ।
काज खटाइएका डीएसपीहरुमा हरिनन्दन चौधरी वडा प्रहरी कार्यालय ‘क’ मोरङ, उमाशंकर यादव इलाका प्रहरी कार्यालय बरहथवा, लक्ष्मणबहादुर शाही इलाका प्रहरी कार्यालय सुख्खड कैलाली, भावेश रिमाल इलाका प्रहरी कार्यालय गजुरी धादिङ छन् ।
यी चारै ठाउँ डीएसपीका लागि आकर्षक मानिन्छन् । बिहीबार बिहान सरुवा निकालेर अपराह्न काज निकाल्ने कार्यले प्रहरीभित्रको अस्तब्यस्ततालाई पुष्टि गरेको छ ।