Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २९ कात्तिकबाट सुरू हुने भनिएको ए डिभिजन लिग चार दिन पर सर्‍याे


    बिहिबार, कार्तिक २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २९ कात्तिक सुरू हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग चार दिन सरेको छ । बिहीबार एन्फाले २९ कात्तिकबाट तय लिगलाई चार दिन सार्दै ३ मंसिरबाट गर्ने निर्णय गरेको हो । 

    एन्फा मुख्यालयमा आयोजित कान्तिपुर टेलिभिजनसँग लिगको प्रसारण अधिकार सम्झौता कार्यक्रममा एन्फाले लिगलाई चार दिन पर सारेकाे जनाएको छ ।

    एन्फाले क्लबहरुसँगको छलफलपछि लिगका खेलहरु सातामा तीन दिन (शुक्रबार, शनिबार र आइतबार) मात्र खेलाउनेसमेत जनाएको छ । 

    यससँगै लिगको खेल तालिकामा समेत परिवर्तन हुने भएको  हो । यसअघि २९ कात्तिकमा साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुने तालिका थियो । 

    १४ क्लबको सहभागिता रहने लिगको अन्तिम दुई टोली रेलिगेसन (बढुवा) हुनेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार