काठमाडौं । नेपाल प्रहरीले ९५ डीएसपीको सरुवा गरेको छ । १ बर्ष अवधि पुगेका जिलला, बृत्त र इलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।
बिहीबार निकालेको सरुवामा तेह्रथुममा निशान थापा, रोल्पामा बिनोद घिमिरे, दैलेखमा भुवनेश्वर शाह, पाँचथरमा राकेश थापा, कालिकोटमा सिद्धराज न्यौपाने, सल्यानमा सुमित खड्का, प्यूठानमा सत्यनारायण थापा इन्चार्ज भएका । जुम्लामा नरेन्द्र चन्दको सरुवा भएको छ भने उपत्यकाका २ बृत्तमा इन्चार्ज फेरिएका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीमा अनिल घिमिरे तथा बालाजुमा गौतम मिश्रको सरुवा भएको छ ।
सरुवामा विवादास्पद डिएसपीहरुले इन्चार्ज पाएका छन् । आजको सरुवामा सबैभन्दा आकर्षक बृत्तको इन्चार्ज पाउने भाग्यमानी हुन् अनिल घिमिरे ।
महानगरीय प्रहरी बृत्त कालिमाटीमा सरुवा भएका सीआईबीका डीएसपी अनिल घिमिरे बर्णनै गर्न नसकिने अधिकृत हुन् । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई मामा भन्दै कालिमाटी सरुवा हुन लागेका थिए । गुरुङले गृहसचिव न्यौपानेलाई फोन नै गरी उनलाई कालिमाटी सरुवा गरिदिन सिफारिस गरेका थिए ।
घिमिरेका जोईपोई नै प्रहरीमा छन् । श्रीमती शर्मिला गुरुङ यूएन शाखामा बसी आफैंले प्रश्नपत्र आउट गरी मिसनमा पटक पटक जान सफल भइसकेकी छन् । इन्स्पेक्टरका लागि काठमाडौंको अति आकर्षक मानिने बलम्बु प्रभागको इन्चार्ज पनि उनी भइसकेकी छन् । श्रीमान अनिल घिमिरेले पनि धेरै पटक अवसर पाइसकेका छन् । उनी इलाका प्रहरी कार्यालय बनेपाको प्रमुख हुँदा घुस लिएर बलात्कारको घटना मिलापत्र गराएको आरोप लागेको थियो । श्रीमान अनिल र श्रीमती शर्मिलाले डीएसपी बढुवाका लागि तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकलाई घुस नै दिएको चर्चा प्रहरीमा भएको थियो ।
पूर्वप्रधानमन्त्री केपी ओलीकी श्रीमती राधिका शाक्यको निकट भन्ने बिचौलिया अनिल शाहीसँग घनिष्ट सम्बन्ध बनाएका थिए घिमिरेले । उनी एमालेको कार्यकर्ताकै रुपमा प्रस्तुत हुने गरेका थिए । तर अहिले बालकृष्ण खाँण गृहमन्त्री भएपछि उनी कांग्रेसको खाँट्टी कार्यकर्ता भन्दै नेतानेताकोमा धाउन थालेका छन् ।
घिमिरेलाई कालिमाटी सरुवा गराउनका सीआइबीका प्रमुख डीआइजी धिरजप्रताप सिंह पनि लागेका छन् । सीआइबीमा पनि घिमिरेले घुस संकलन गरी हाकिम खुसी पारेकाले उनलाई कालिमाटी सरुवा गराउन डीआइजी सिंह लागेको चर्चा छ ।
अपहरण तथा शरीर बन्धकको केसमा गतबर्ष गतबर्ष पक्राउ परेका मलेसियाका डेभिड श्रेष्ठसँग कनेक्सन भएका धेरैलाई इन्स्पेक्टर घिमिरेले फोन गर्दै फसाइदिने भनेर मोलमोलाई गरेको स्रोतले बताएको छ । मलेसियामा रहेका नेपालीहरु जसको डेभिडसँग कनेक्सन थियो, उनीहरुसँग ह्वाट्सऐपबाट कल गर्दै उनले रकम मागेको आरोप छ । उनी झापाका नेतालाई झापै घर भन्छन् भने बुटवलकालाई बुटवल नै भनेर बहुरुप देखाउने गर्दछन् । अहिलेका गृहमन्त्री खाँणलाई पनि बुटवलै घर भन्दै कालिमाटी सरुवा हुन सफल भएका छन् । डीआइजी धिरजप्रताप सिंहसँगनिकट उनी एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापाकोमा पनि हजुरकै मानिस हुँ भन्दै चाकरी गर्न पुग्ने गर्दछन्् । हालका शिक्षामन्त्री देवेन्द्र पौडेलमार्फत् पनि घिमिरेले कालिमाटी सरुवा हुन सोर्स लगाएका थिए ।