Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कारागारभित्र कैदीको शंकास्पद मृत्यु


    बिहिबार, कार्तिक २५ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । जिल्ला कारागार मोरङभित्र बुधबार राति एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा ६ बर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो । 

    पेट दुखेपछि उपचारका लागि बिहीबार राति १ बजे कोसी अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको निमित्त जेलर राम पोखरेलले जानकारी दिए । मृतक थापाको शव कोसी अस्पतालमै राखिएको छ । उनले आफन्तलाई शब बुझ्नन बोलाएको बताएका छन् । आफन्तले शब पोष्टमार्टम गर्ने कि नगर्ने भन्ने बिषयमा समेत छलफल नभएको उनले बताए । 

    मोरङ कारागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरूको दुई समुहबीच झडप भएको थियो । कात्तिक मण्डलकाे नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाईके र भाईनाइकेहरूलाई नियन्त्रणमा लिएर कुटपिट भएपछि झडप भएको थियो । झडपमा थापा संलग्न थिए थिएनन् भन्ने खुलेको छैन । थापाको कुटपिटबाट मृत्यु  भएको हुन सक्ने उनका भाइ हरि थापाले बताए । 

    मृतक नारायणका नातामा काका पर्ने शंकर थापाले भतिजाको हत्या रहस्यमय रहेको बताएका छन् । बिरामी भएको जनाकारी नगराई मरेको मात्रै सूचना दिनुले शंका उत्पन्न भएको थापाले बताए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार