Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशलाई विचौलियाको नाइके घोषणा गर्दै अदालत छिर्न नदिने बारको घोषणा


    बिहिबार, कार्तिक २५ २०७८
    445
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिचौलियाको नाइके घोषणा गरेको छ । 

    बारले हस्तक्षेपको विरोधमा भोलि शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा पनि गरेको छ । 

    धर्ना विथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गरे । 

    प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश निषेध गर्ने गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएलगत्तै उनले नारा लगाए– बिचौलियाको नाइके । उपस्थित कानुन व्यवसायीले भने– राजीनामा दे । भ्रष्टाचारको नाइके– राजनिामा दे !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार