Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बार अध्यक्षको आक्रोस: घोक्रेठ्याक लगाउनुपर्ने चोलेन्द्रलाई भेट्न म किन जाने ?


    बिहिबार, कार्तिक २५ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले जारी राखेको धर्नामा अप्रत्यासित रूपमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ । 

    महासचिव लिलामणि पौडेलसहितका छ जना अधिवक्ताहरूमाथि प्रहरीले लछारपछार गरेको भन्दै आक्रोसमा आएको बार प्रधानन्यायाधीश जबराले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएपछि थप आक्रोशित भएको हो । 

    प्रहरीसँगको घम्साघम्सीबीच सर्वोच्च अदालतको सुरक्षार्थ खटिएका एसपी दीपक रेग्मीले श्रेष्ठलाई प्रधानन्यायाधीशले बोलाएको भन्दै भेट्न आग्रह गरेका थिए । 

    तर, श्रेष्ठ भने एक्लै भेट्न नजाने भन्दै कड्किए ।  ‘वरिष्ठज्यू सम्माननीयज्यूले माथि बोलाउनुभएको छ,’ एसपीले यति भनिनसक्दै  श्रेष्ठ ‘अब म बोल्छु’ भन्दै ठूलो स्वरमा कराए, ‘चोलेन्द्रलाई अब च्यूत गर्नैपर्छ । अब सम्मानजनक बहिर्गमन होइन घोक्रेठ्याक लगाउनुुपर्छ ।’

    श्रेष्ठले न्युज कारखानासँगको कुराकानीमा जबरासँग राजीनामा दिएपछि मात्र भेट्ने प्रतिकृया दिए । तर, बार एसोसिएसनकै पदाधिकारी भने श्रेष्ठको मंगलबारको अभिव्यक्तिलाई लिएर प्रधानन्यायाधीश असन्तुष्ट गरेको र त्यही विषयमा कुराकानी गर्न भेट्न बोलाएको बताउँछन् । 

    श्रेष्ठले मंगलबारको विरोध कार्यक्रममा जबरालाई बिचौलियका नाइके भनेका थिए । बारका ती पदाधिकारीका अनुसार जबराले श्रेष्ठलाई बोलाएर अभिव्यक्तिको विषयलाई लिएर अपहेलना लगाउन सक्छु भनेर धम्काउन बोलाएको दाबी गर्छन् । 

    सर्वोच्च अदालत प्रशासनले भने बारका ती अधिकारीको भनाइ खण्डन गरेको छ । ‘त्यस्तो केही हुँदै होइन, उहाँले निकासका लागि सम्वादमा बसौं भन्न बोलाउन खोज्नुभएको हो,’ सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार