Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ए डिभिजन लिगको प्रत्यक्ष प्रसारण कान्तिपुरले गर्ने


    बिहिबार, कार्तिक २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । कान्तिपुरले एन्फासँग एक वर्षका लागि प्रसारण अधिकार लिएको हो ।

    बिहीबार भएको सम्झौतापत्रमा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजिनका तर्फबाट मार्केटिङ म्यानेजर गौरी दाहालले हस्ताक्षर गरेका छन् ।

    हस्ताक्षर कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कान्तिपुरका सुरज सिंह ठकुरीको पनि उपस्थिति थियो । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको ए डिभिजन लिग २९ कात्तिकमा सुरु हुनेछ । दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

    कान्तिपुर टेलिभिजनबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलहरू प्रत्यक्ष प्रसारण हुनेछ ।  १४ टिमको सहभागीता रहने ए डिभिजन लिगमा १३ राउण्डको ९१ खेलबाट लिगको विजेता टुंगो लाग्नेछ । यस पटक लिगमा २ क्लब रेलिगेशनमा पर्नेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार