काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक नेपाल प्रहरीले डीएसपीको सरुवा निकालेको छ । प्रहरी प्रधान कार्यालयले भर्खरै सरुवा निकालेको हो ।
काठमाडौं उपत्यकाका महानगरीय प्रहरी बृत्त कालिमाटीमा अनिल घिमिरेको सरुवा भएको छ । बारामा २ बर्षदेखि कार्यरत गौतम मिश्रको बालाजु बृत्तमा सरुवा भएको छ । डिल्लीनारायण पाण्डेको थानकोट बृत्तमा सरुवा भएको छ ।