Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा प्रदर्शन र चक्काजाम


    बिहिबार, कार्तिक २५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । नेपाल आयल निगमले बिहीबार रातिदेखि इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले बुटवलमा प्रदर्शन र चक्काजाम गरेका छन् ।

    एमाले निकट अनेरास्ववियूको नेतृत्वमा विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर्न मागसहित विद्यार्थी शुक्रबार बिहानै सडकमा उत्रिएका हुन् ।

    निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँ र एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ ।

     अनेरास्ववियू रुपन्देहीका सचिव प्रकाश पराजुलीका अनुसार इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेकोले सरकारलाई मूल्यवृद्धि फिर्ताको लागि दबाब दिन बिहान ९ बजेदेखि राजमार्ग बन्द गरिएकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार