Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी प्रतिनिधिमन्डल ताइवान पुगेपछि चीन क्रुद्ध, बेइजिङले भन्यो–आगोसँग कहिल्यै नजिस्किनू


    बिहिबार, कार्तिक २५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । चीनले आगोसँग नजिस्कन अमेरिकालाइ चेतावनी दिएको छ । अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ताइवान  भ्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला चीनको चेतावनी आएको हो ।  ‘अमेरिकाले आगो चलाएको छ, यसले उसैलाई जलाउने निश्चित छ,’ चीनले चेतावनीयुक्त भाषामा भनेको छ । 

    अमेरिकी प्रतिनिधिमन्डलको ताइवान भ्रमणलाई चीनले ‘जोखिम र उत्तेजक’ भन्दै यसले एक चीन नीतिको उल्लंघन गरेको आरोप लगाएको छ । ‘ताइवानको स्वतन्त्र फौजसँग अमेरिकाको साँठगाँठ खतरनाक खेल हो । आगोसँग खेल्दा त्यसैले आफैलाई जलाउँछ,’ चीनका विदेशमन्त्री वाङ लीले भने ।

    तर, अमेरिकी रक्षा मन्त्रालयले आफ्ना सांसदहरुको ताइवान भ्रमण समान्य भएको जनाएको छ । अमेरिकी संसदको प्रतिनिधिमन्डल अमेरिकी सेनाको विमानबाट ताइवान पुगेको थियो ।

    अमेरिकी सांसदहरुको भ्रमण निकै उपयोगी भएको ताइवानका प्रधानमन्त्री सु सेङ चाङले बताएका छन् । भ्रमणलाई उनले ‘साथीहरूबीचको पारस्परिक भेट’ भनेका छन् ।

    ताइवानको हवाई आधारमा चीनले आफ्ना लडाकु विमान बारम्बार उडाएपछि चीन र ताइवानबीचको सम्बन्ध चिसिएको छ । सम्बन्ध बिगार्न अमेरिकाले अप्रत्यक्ष भूमिका खेलेको चीनको आरोप छ । 

    चीनले ताइवानलाई आफूबाट अलग भएको महत्वपूर्ण अंशको रूपमा हेर्दै आएको छ भने ताइवानले आफूलाई एउटा स्वतन्त्र मुलुक सम्झन्छ । 
    ताइवानस्थित अमेरिकी केन्द्रले अमेरिकी सांसदहरुको ताइवान भ्रमणको व्यवस्था गरेको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार