Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पानीपाेखरीमा किड्नी डेडिकेटेड अत्याधुनिक ‘प्रथम प्याथोलोजी ल्याब’ सञ्चालनमा


    बिहिबार, कार्तिक २५ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राजधानीकाे पानीपोखरीमा किड्नी डेडिकेटेड ‘अत्याधुनिक प्रथम प्याथोलोजी ल्याब’ सञ्चालनमा आएकाे छ । ल्याबकाे वरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवं त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)का डिन प्राडा दिव्या सिंहले  उद्घाटन गरिन् । 

    प्रथम प्याथोलोजी ल्याबसँगै अब मिर्गौला वायेप्सी परीक्षण गर्न नमुनाहरु विदेशमा पठाउनुपर्ने बाद्यता समाधान हुनेमा आफू विश्वस्त भएको प्राडा सिंहले बताइन् ।

    अत्याधुनिक उपकरणमा आधारित किड्नी प्याथोलोजी लगायत सम्बन्धित सम्पूर्ण सब स्पेशलाइज प्याथोलोजी सेवा एउटै छानामुनी रहेर उपलब्ध गराउने उद्देश्यले ल्याब सञ्चालनमा ल्याइएकाे वरिष्ठ प्याथोलोजिष्ट डा निराजन मैनालीले बताए ।

    ल्याबका अध्यक्ष रहेका डा मैनाली भने ‘अब रगत जाँच गर्न देश बाहिर जान पर्दैन’ भन्ने मान्यताका साथ काम गरेका छौं ।  आआफ्नो विधामा स्पेशलाइज गरेका दक्ष प्याथोलोजिष्टको बलियो टिम छ ।’

    बिरामीले ल्याब रिपोर्ट बोकेर हिँड्नपर्ने समस्या समाधानका लागि मोबाइल एप सञ्चालनमा ल्याएको छ । बिरामीले रिपोर्ट सो एपमा हेर्न सक्ने डा. मैनालीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार