Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एउटा ‘ग्याङ’को नेतृत्व गर्थे मृतक भूपेन्द्र


    बुधबार, कार्तिक २४ २०७८
    360
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । मंगलबार राति कैलालीको टिकापुरमा ‘ग्याङ’ फाइट हुँदा लम्किचुहा नगरपालिका–१ का भूपेन्द्र बडूवालको हत्या भयो । हत्या गरिएका बरुवाल लम्कीस्थित युवा ग्याङका नाइके रहेका थिए ।

    कैलालीको लम्की नगरपालिकामै पर्ने चिसापानी क्षत्रेका युवा र लम्की क्षेत्रका युवाबीच लामो समयदेखि सामूहिक कुटाकुट हुने गरेको थियो । मंगलबार पनि दुई समूहबीच जम्काभेट हुँदा लम्की क्षत्रका युवाको नेतृत्व गर्ने बडूवालले ज्यान गुमाएका छन् भने चिसापानी क्षेत्रका युवाको नेतृत्व गर्ने नवीन रावल फरार छन् ।

    इलाका प्रहरी कार्यालय कैलालीका अनुसार चिसापानी र लम्कीका दुई समूहबीच विगतदेखि नै रिसिवी रहेको थियो ।

    ‘मृतक बरुवाल र फरार रहेका नवीन रावल दुवै जना ‘ग्याङ’ बनाएर लडाई गर्दै आएका थिए,’ इलाका प्रहरी कार्यालय टिकापुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने,‘मंगलबार पनि दुई समूहबीच ‘ग्याङ’ फाइट नै भएको हो । एउटा समूहका नाइके मारिए । अर्को समूहका नाइके फरार रहेका छन् ।’

    दुई समूहबीच योजनाबद्ध तरिकाले मुठभेड भएको प्रहरीले जनाएको छ । ‘यो मुठभेड अचानक भएको होइन,’ प्रहरी नायव उपरीक्षक सापकोटाले भने,‘योजनाबद्ध तरिकाले भएको मुठभेड हो । त्यसैले हतियारसहित युवाहरू टिकापुर पुगेका थिए ।’

    घटनामा संलग्न नवीन रावल समूहका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर, नवीन रावल भने फरार रहेका छन् ।

    उनको खोजीकार्य भइरहेको प्रहरीले जनाइएको छ । घटनापछि सुरक्षा खतरालाई मध्यनजर गर्दै प्रहरीले नवीन रावलका आमा बुबा र भाइलाई सुरक्षा घेरामा राखेको छ । उनीहरू चिसापानीस्थित संगम होटेल सञ्चालन गर्दै आएका थिए ।

    मृतकका आफन्तले जाहेरी दिएपछि घटनाको थप अनुसन्धान हुने इलाका प्रहरी कार्यालय टिकापुरका इन्चार्ज सापकोटाले बताए 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार