Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • प्रधानन्यायाधीशकै निर्देशनमा बलात्कार आरोपी सिद्धबाबालाई सफाइ, उन्मुक्ति दिने न्यायाधीशलाई उच्च अदालतमा नियुक्ति


    बुधबार, कार्तिक २४ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले सफाइ दिने सुनसरी जिल्ला अदालतका तत्कालीन न्यायाधीश अर्जुन कोइराला विवादमा आए । तर सिद्धबाबालाई सफाइ दिनका लागि सर्वोच्च अदालतकै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उनलाई निर्देशन दिएको खुलासा भएको छ ।

    सिद्धबाबाले माथि नै सेटिङ गरेको र निर्देशनका आधारमा कोइरालाले उनलाई २०७७ मंसिर २२ मा सफाइ दिएका थिए । बिचौलियामार्फत् ठूलै आर्थिक लेनदेन भएपछि सिद्धबाबालाई सफाइ दिनका लागि कोइरालालाई निर्देशन दिइएको थियो । उनले सफाइ दिए । सिद्धबाबालाई सफाइ दिएबापत उनले सेटिङको हिस्सा त पाएनन् तर उच्च अदालतको न्यायाधीशमा बढुवा भए । उनलाई २०७७ फागुन २८ को न्यायपरिषदको बैठकले उच्च अदालतको न्यायाधीश नियुक्ति गरेको थियो ।

    सिद्धबाबालाई बलात्कार आरोपबाट सफाइ दिनका लागि ६ करोडको ‘सेन्टर कलेक्सन’ भएको चर्चा अहिले पनि न्याय क्षेत्रमा चर्चा छ । स्रोतका अनुसार रन्जन कोइराला र सिद्धबाबाको सफाइमा पहिला लेनदेन टुंगिएपछि मात्र आदेश दिइयो, दिन लगाइयो ।

    इजलासमा प्रतिवादीतर्फका वकिलहरूको मात्रै बहस गराएर फैसला आएपछि विवाद सुरु भएको थियो । त्यसो त सिद्धबाबालाई सफाइ दिने फैसलाको चर्को बिरोध भएको थियो । कोइराला मात्र होइन, हरेक जिल्ला वा उच्च अदालतमा परेका आर्थिक सरोकारका र गम्भीर मुद्दामा प्रधानन्यायाधीशका भाइ प्रभुले सेटिङ गर्ने र दाजु मार्फत् दबाब दिएर जिताउने हराउने तय हुने गरेको छ । भाइले ‘सेन्टर कलेक्सन’ गरी प्रधानन्यायाधीशको दबाबमा फैसला गर्नुपर्ने तर बदनाम न्यायाधीश हुने भएकाले पनि चोलेन्द्रशमशेरलाई न्यायपालिकाको नेतृत्वबाट बहिर्गमन गराउन तल्ला अदालतमा पनि इजलास बहिस्कार गर्नुपर्ने बहस सुरु भएको छ ।

    सिद्धबाबालाई सफाइ दिने विवादित कोइरालालाई उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा न्यायपरिषद सदस्य तथा सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले  नोट अफ डिसेन्ट नै लेखेका थिए । कार्कीले लिखितरूपमै छुट्टै राय राखेका थिए । तर प्रधानन्यायाधीश राणाले उनको असहमतिलाई सुनेको नसुन्यै गरी कोइरालाको बढुवा गरेका थिए । कोइराला राम्रो छविका न्यायाधीश नै होइनन् । उनी उच्च अदालतको न्यायाधीशका लागि योग्य नै नभए पनि सिद्धबाबालाई सफाइ दिने निर्देशन मानेकाले उनलाई उच्च अदालतमा नियुक्ति गरिएको थियो ।

    न्यायाधीश कोइरालाले सिद्धबाबा बिरूद्धको बलात्कार मुद्दामा अनियमितता गरेको भन्ने उजुरी २०७७ मंसिर २६ मा न्यायपरिषदमा परेको  थियो । तर उक्त उजुरीको टुंगो नै नलागी उनलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गरिएको थियो ।

    कोइरालाको छवि जिल्ला अदालतमै राम्रो थिएन । जिल्ला अदालत ललितपुरमा रहँदा ९२ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्याएको एउटा मुद्दा मिलापत्रमार्फत् टुंग्याएको र त्यसमा कोइरालाले अनियमितता गरेको उजुरी परिषदमा परेको थियो । सोही उजुरीमाथि असार १० गते परिषदले कोइरालालाई आगामी दिनमा न्यायिक काम गर्दा थप सावधानी र क्रियाशीलता देखाउन भन्दै उजुरी तामेलीमा राखेको थियो । तर प्रधानन्यायाधीश राणाले उनलाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति गरी पुरस्कृत गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार