Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश प्रमुखको बिदाई


    बुधबार, कार्तिक २४ २०७८
    385
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई औपचारिक कार्यक्रम आयाेजना गरी बिदा गरेका हुन् । 

    मुख्यमन्त्री राईलाई प्रमुख प्यासीले आफ्ना कार्यकर्ता मुख्यमन्त्री भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले मुख्यमन्त्री राईलाई राजनीति समाप्त गर्ने गरी नभई जनता र प्रदेशको हितमा काम गर्न समेत सुझाब दिए । युवाले नेतृत्व गरेको प्रदेश भन्ने गरी काम गर्न मुख्यमन्त्रीलाई उनले आग्रह गरे । 

    मुख्यमन्त्री राईले आफ्नो अविभावक भएको भन्दै राजनीतिक परिवर्तनमा धेरै संस्थाहरू विवादित भए पनि प्रदेश प्रमुख प्यासी भने विवादित नबनेको बताए । २२ कात्गतिकको मन्त्रीपरिषद्को बैठकले प्यासीलाई हटाएर पर्शुराम खापुङलाई नियुक्त गरेपछि उनी बिदा भएका हुन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार