Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कात्तिक २८ गतेदेखि फाइजर खोपकाे पहिलो डोज, हेर्नुहाेस् कहाँ-कहाँ छन् खोप केन्द्र ?


    बुधबार, कार्तिक २४ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोभिड–१९ विरुद्धको फाइजर खोप कात्तिक २८ गते देखि दिने भएको छ ।

    मन्त्रालयका अनुसार कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ देखि पुस ४ गतेसम्म दोस्रो डोज खोप कार्यक्रममा १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई यो खोप दिइने छ ।

    कहाँ-कहाँ छन् खोप केन्द्र ? 

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

    यस्तै प्रदेश १, २ र लुम्बिनी प्रदेशका ३/३ अस्पताल, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका २/२ अस्पताल र गण्डकी प्रदेशमा एक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

    काठमाडौं उपत्यकामा रहेका वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

    यस्तै प्रदेश १ का मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

    यस्तै प्रदेश २ का गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट खोप दिइने छ ।

    यस्तै बागमती प्रदेशका चितवनको भरतपुरस्थित वीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थ्ति धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

    यस्तै गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङस्थित धौलागिरि अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् भने लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

    सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेल्धुरा अस्पताल तथा कर्णाली प्रदेशमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

    अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको १ लाख ६२० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार