Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र न्यूजिल्यान्ड भिड्दै


    बुधबार, कार्तिक २४ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी टी-ट्वाण्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज (बुधबार)  इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । आबुधाबीमा हुने खेल  नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

    ईओन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुग्ने सोचमा छ । केन विलियम्यसनको कप्तानीमा रहेको न्यूजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने योजनामा छ ।

    इंग्ल्यान्ड  सुपर -१२ को समूह-१ बाट पाँच खेलमा चार जित र एक हारसहित आठ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हाे ।

    समूह- २ बाट न्यूजिल्यान्ड पाँच खेलमा चार जित र एक हारसहित दोस्रो स्थानमा रहेर सेमिफाइनल स्थान बनाएको हाे । 

    इंग्ल्यान्डका  ओपनर जेसन रोय चोटका कारण विश्वकप  बाहिर  छन् । अर्को सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया भोलि बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार