Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हरिबोधनी एकादशीमा बूढानीलकण्ठमा मेला लाग्ने


    बुधबार, कार्तिक २४ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । उपत्यकाको महत्वपूर्ण धार्मिकस्थल बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने भएको छ। 

    कात्तिक २७ देखि मंसिर ३ गतेसम्म हुने सो मेलाको तयारी र व्यवस्थापनका लागि उपसमिति गठन गरिएको बूढानीलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्काले बताए। 

    शिवपुरी र खप्तड बाबाले तप गरेको पावन शिवपुरी पर्वत शृंखलाको काखमा रहेको पवित्र बूढानीलकण्ठ मन्दिरमा हरेक वर्ष लाग्ने गरेको सो मेला कोरोना महामारीको कारण रोकिएको थियो।

    खड्काले भने,’हामीले मेलाको लागि सबै प्रकारको तयारी गर्न समितिमार्फत सम्पूर्णकार्य अगाडि बढाइसकेका छौं।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार