Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १२२ किलो गाँजासहित एक जना पक्राउ


    बुधबार, कार्तिक २४ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । मकवानपुर प्रहरीले १२२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-२ का ४२ वर्षीय नरबहादुर मोक्तान छन् ।

    मनहरी गाउँपालिका-९ जयसिंहस्थित पूर्व-पश्चिम राजमार्गमा गाँजाको सुरक्षा गरेर बसिरहेका मोक्तानलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    ‘शंकास्पद रूपमा सामानको सुरक्षा गरेर बसिरहेका मोक्तानलाई सोधपुछ गर्दा गाँजा फेला परेपछि पक्राउ गरिएको हो,’ मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने।

    उक्त गाँजा कसले कहाँ लैजान खोजेको थियो भन्नेबारे अनुसन्धान भइरहेको राठौरले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार