Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    बुधबार, कार्तिक २४ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा  बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

    बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    बुधबार चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार पनि सोहि मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २५० पैसा कायम भएको महसंघले जनाएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार