Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सौराहा घुम्न पर्यटक बोकेर आएको बस नारायणगढमा दुर्घटना, ४६ घाइते


    बुधबार, कार्तिक २४ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन। कोहलपुरबाट सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ ।

    सौराहा घुम्न आएका यात्रु बोकेको भे२ख २८३६ नम्बरको रिजर्भ  बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो ।

    बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए ।

    ‘यात्रु सामान्य घाइते छन् । चार/पाँच जना यात्रु त आफूखुसी उपचार गर्न जानुभएछ । बसभित्रबाट प्रहरीले उद्दार गरेका ४० जनाको अवस्था पनि सामान्य छ’, उनले भने, ‘चालकसँग सोधपुछ गरेका छाैँ । चालक पनि सामान्य घाइते छन् । उनलाई च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको हो ।’

    बसका चालक रमेशकुमार कर्णले मापसे गरेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार