Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सद्भाव युवा समाज कतारकोे अग्रज सम्मान तथा दिपावली कार्यक्रम सम्पन्न


    बुधबार, कार्तिक २४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । सद्भाव युवा समाज कतारले शुभ दिपावली २०७८ को पावन अवसरमा विविध साँस्कृतिक प्रस्तुतिको साथमा संस्थापक सदस्य एवं अग्रज सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।  शुभ दिपावली २०७८ को  अवसर  पारी यहि कार्तिक महिनाको १८ गते  लक्ष्मीपुजाको दिन अफगान रेष्टुरेन्ट दोहामा  श्री सदभाव युवा समाज कतारले विविध साँस्कृतिक प्रस्तुतिको साथमा दिपावली कार्यक्रम तथा  संस्थापक सदस्य एवं अग्रज सम्मान कार्यक्रम सम्पन्न गरेको हो । 

    कतार एयरवेज ग्रुपमा आबद्ध साथीहरुमा आपसी सहयोग, सामाजिक सदभाव र बन्धुत्वको भावना लिएर सन २००८ मा स्थापित यस संस्थाले १३ वर्षको अन्तराल पछि  पहिलो पटक आयोजना गरेको हो । उक्त कार्यक्रम एनआरएनए- एनसीसी कतारका अध्यक्ष  मोहम्मद मुक्तदाको  प्रमुख आतिथ्य सम्पन भएको थियो । कार्यक्रमा एनआरएनए एनसीसी कतारका निवर्तमान प्र उपाध्यक्ष एवं टनेल क्लव दोहाका संचालक  उत्तम गुरुङ  र तमु समाज कतारका अध्यक्ष  खुशीमान गुरुङको विशेष आतिथ्य रहेको थियो । 

    कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रम बारे प्रकाश पार्दै संस्थाका सहकोषाध्यक्ष  रामचन्द्र न्यौपानेले संक्षेपमा संस्थाले गरेका मुख्य मुख्य कार्यहरुको बारेमा जानकारी समेत गराएका थिए । न्यौपानेले सन २००८ मा  दोहा कतारमा  स्तापित यो संस्थाले मातृभूमिमा समेत आधिकारिक रुपमा संस्था दर्ता गराएर  समय समयमा सद्भाव युवा समाज कतार र नेपालको समन्वयमा बिबिध कार्यक्रम गरेको बताएका थिए ।  

    कार्यक्रममा सद्भाव युवा समाजका  अध्यक्ष गुणनिधि घिमिरे  र विशिष्ट अतिथिहरु  उत्तम गुरुङ,  खुशीमान गुरुङको हातबाट सद्भाव युवा समाज कतारका संस्थापक सदस्यहरु साथै समकालीन अग्रजहरुलाई  दोसल्ला ओडाई प्रशंसापत्र प्रदान गरि सम्मान गरिएको थियो । 

    संस्थापक सदस्य एवं अग्रज सम्मान कार्यक्रम गत बर्ष २०७७ को नयाँ बर्षकै कार्यक्रमा सम्पन्न गर्ने योजना भएपनि  कोरोना महामारीको कारण  उक्त अग्रज सम्मान कार्यक्रम तोकिएको मितिमा गर्न नसकिएको सद्भाव युवा समाजका सचिव टिका बिष्टले बताएका थिए ।  संस्थाले गत वर्ष सन २०२० लाई सदस्यता विस्तार वर्ष  भनेर घोषणा गरेको थियो । 

    संस्थाले हाल दोहामा रहेका सद्भाव युवा समाजका  संस्थापक सदस्य एवं समकालीन अग्रजहरुलाई सम्मान व्यक्त गर्दै सद्भाव युवा समाज कतारका संस्थापक अध्यक्ष  बाबुराम घिमिरे लगायत सबै सद्भाव युवा समाजका सदस्य जसले  कतारको बसाईलाई बिट मारी स्वदेश फर्किसकेका छन् ,उनीहरुलाई समेत सम्झदै उनीरु प्रति उच्च सम्मान व्यक्त गरेको सचिव बिष्टले बताए ।  त्यसैगरि कार्यव्यस्तताले गर्दा कार्यक्रममा उपस्थित हुन नसकेका  तथा हाल बिदामा स्वदेश रहेका  सम्पुर्ण अग्रजहरुलाई   संस्थाको आगामी अन्य कुनै कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरिने जानकारी संस्थाका सचिव टिका बिष्टले गराएका छन ।  

    सदभाव युवा समाजले  कार्यक्रमका प्रमुख अतिथि तथा अतिथहरुलाई  विशेष सम्मान प्रकट गर्दै मायाको चिनो तथा सम्मान स्वरुप सदभावको लोगो सहितको दोसल्ला ओडाएर  सम्मान गरेको  थियो । त्यसैगरि अन्य विशिष्ट व्यक्तिहरु लगायत आमन्त्रित दिदीबहिनिहरुलाई पनि आभार पत्र सहित सम्मान व्यक्त गरिएको थियो ।

    sadbhab 3.jpg
    undefined

    संस्थाले  संस्थाका अग्रज एवं संस्थापक सदस्यहरु, सदस्यहरु तथा  शुभेच्छुक, शुभचिन्तक लगायत उपस्थित सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसैगरि नै संस्था प्रति  सदभाव, शुभेच्छा रहिरहोस भन्दै उपस्थित सबैमा  धन्यवाद व्यक्त गरिएको सचिव टिका बिष्टले बताएका छन् ।
     सोही कार्यक्रममा संस्थाको समन्वयमा सदस्य श्री विष्णु श्रेष्ठद्धारा संचालित भाग्यशाली उपहार चिट्ठा घोषणा कार्यक्रम पनि समावेश गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार