Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर


    बुधबार, कार्तिक २४ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ।

    आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो ।

    तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने  संघीय संसद सेवा (प्राविधिक) का लागि ७ सिट छुट्याइएको छ ।

    यसैगरी, स्वास्थ्य सेवा आठौँ तहका लागि ४२ र स्वास्थ्य सेवा सातौँ तहका लागि ५६ जना माग गरिएको छ ।

    १४ मंसिरभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार