Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वमा आजः अमेरिकी जल सेनाको स्थापनादेखि बोलिभियाली नेताको राजीनामा


    बुधबार, कार्तिक २४ २०७८
    375
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज १० नोभेम्बवर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।  प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः

    अमेरिकामा जातीय नरसंहार
     सन् १८९८ अमेरिकाको विलमिंटनमा एउटा जातीय नरसंहार मच्चिएको थियो । सबै जातजातिको प्रतिधित्व गर्न निर्वाचनमार्फत गोरा र अश्वेत सम्मिलित सहर परिषदको स्थापनापछि नरसंहार भएको थियो । परिषद स्थापनाको विरोधमा गोराहरुले परिषद भवन तोडफोड गरी सम्पत्ति लुटेका थिए । त्यस क्रममा गोराले दर्जनौ अश्वेतहरुको हत्या गरेका थिए  ।

    अमेरिकी जल सेनाको स्थापना
    अमेरिकी क्रान्तिकारी युद्धको समयमा सन् १७७५ मा अमेरिकाले जल र वायुमा पनि सञ्चालन हुने सैन्य फौज स्थापना गरेको थियो ।

    बोलिभियाली नेताको राजीनामा
    बोलिभियाका नेता तथा पहिलो आदिवासी राष्ट्रपति इभो मोरल्सले सन् २०१९ को १० नोभेम्वरमा राजीनामा दिएका थिए । चौथो कार्यकालका लागि निर्वाचित  इभोले निर्वाचनमा धाँधली गरेको विपक्षीले आरोप लगाएका थिए ।

    चीन विश्व व्यापार संगठनको सदस्य
    आजकै दिन चीन विश्व व्यापार संगठनको सदस्य भएको थियो । १५ वर्षको छलफलपछि सन् २००१ को १० नोभेम्वरमा डब्लूटीओले चीनको सदस्यता अनुमोदन गरेको थियो । त्यसको भोलीपल्ट ताइवानको सदस्यता स्वीकृत भएको थियो । ताइवानलाई चीनले आफ्नो एउटा अभिन्न प्रान्तको रुपमा हेर्दै आएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार