Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छाेरा जन्माउन नसकेकाे भन्दै परिवारकाे सहयाेगमा श्रीमतीकाे हत्या


    मंगलबार, कार्तिक २३ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले छाेरा जन्माउन नसकेकाे भन्दै श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ ।  सबैला नगरपालिका-३ का ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको पीडित परिवारले आरोप लगाएको छ ।

    १३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा नजन्माएकाे र दाइजोकाे विषयलाई लिएर साफी र उनका बहिनी नुरजहा खातुन, दाइ मन्जुर साफीले मानसिक तनाव दिँदै आएको मृतक खातुनको बुबा मोहम्मत आलमले बताए ।

    ८ कात्तिकमा राति रक्सी खाएर साफीले घरमा सुतिरहेको छोरीलाई घाँटी थिचेर हत्या गरेको उनले आरोप लगाए । मृतकको घाँटीसहित शरिरभरि निलडाम देखिएको उनले बताए । किटानी जाहेरी दिए पनि प्रहरीले दोषी पक्राउमा चासाे नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाइन् । 

    ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए । घटनाका थप आरोपीकाे खाेजी कार्य भइरहेकाे बताउँदै निरीक्षक सिग्देलले भने,‘ चाडपर्वको कारण घटनाको अनुसन्धान केही प्रभावित हुन पुगेको छ । अब तदारूकताका साथ अनुसन्धानलाई अगाडि बढाउँछौ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार