Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिहारपछिको दोस्रो दिन पनि बारको आन्दोलन जारी


    मंगलबार, कार्तिक २३ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रो दिन मंगलबार पनि आन्दोलन जारी राखेको छ । 

    जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीशसहित नेपाल बार एसोसिएसन आन्दोलित भएको हो ।  

    तिहार सकिएलगत्तै सोमबारबाट आन्दोलनलाई निरन्तरता दिएको बारले प्रधानन्यायाधीश जबराकाबारेमा गम्भीर बन्न राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ । 
    कालो पट्टी बाँधेर विरोधमा उत्रिएका बार पदाधिकारी र सदस्यहरूले दैनिक धर्ना दिँदै आएका छन् । 

    बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन् । 

    सबै मुद्दामा इजलास गठन गरेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् । आफ्नो इजलासमा सातवटा विवाद सुनुवाइका लागि तय गरेका जबराले १० वटा इजलास गठन गर्दै २९८ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । 

    नेपाल बार एसोसिएसनले जबराबारे गम्भीर कदम चाल्न आग्रह गरेको भोलिपल्टै उनले मुद्दा सुनुवाइलाई लयमा फर्काउन खोजेको सन्देश दिएका छन् । तर, जबराको यो कदमविरुद्ध नेपाल बार र सर्वोच्चका न्यायाधीशहरूले भने आन्दोलन जारी राख्ने बताएका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार