Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलारूसबाट अबैध ढंगले प्रवेश गरेका हजारौं आप्रावासी पोल्याण्डको  सिमानामा रोकिए


    मंगलबार, कार्तिक २३ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । पोल्यान्डले आफ्नो देशतर्फ प्रवेश गर्न लागेका हजारौं आप्रावासीलाई रोकेको जनाएको छ । बेलारूसको पूर्वी सिमानाबाट आफ्नो देशतर्फ बढेका आप्रावासीलाई रोकेको पोल्यान्डले जनाएको हो । 

    दुई देशको सिमानामा राखिएका काँडेतार नाघेर आप्रावासीहरु पोल्यान्डतर्फ प्रवेश गरिरहेको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ । 

    आप्रावासीको प्रवाह बढेपछि पोल्यान्ड सरकारले आकस्मिक वैठक बोलाएको थियो । बैठकले सिमानामा १२ हजार सुरक्षाकर्मी तैनाथ गर्ने निर्णय गरेको छ । आफ्नो देशमा आएका अबैध आप्रवासीलाई सिमानामा पठाइदिएको पोल्यान्डले बेलारुसमाथि आरोप लगाएको छ ।

    पछिल्लो समयमा बेलारुसबाट गैरकानूनी रुपमा आप्रावासीहरु पोल्यान्ड, लिथुआनिया र लाटभियातर्फ प्रवेश गरेका ती देशहरूले गुनासो गर्दै आएका छन् । तीमध्ये अधिकांश आप्रावासी मध्येपूर्व र एसियाली देशका छन् । 

    बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले अन्य मुलुकमा गैरकानूनी आप्रावासीको प्रवाह बढाउन सहयोग गरेको युरोपेली देशहरुले  आरोप लगाएका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार